Skip This
महिलाको निजी फोटो खिचेको आरोपमा डिएसपी पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ७ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण ७ सोमबार १२:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महिलाको निजी फोटो खिचेको आरोपमा डिएसपी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ७ सोमबार १२:५o:oo

रेस्टुरेन्टमा महिलाको निजी फोटो तथा भिडियो खिचेको आरोपमा सशस्त्र प्रहरी बलका डिएसपी तुलसिंह केसी पक्राउ परेका छन्।

स्वयम्भू वृत्तले उनलाई आइतबार पक्राउ गरेको हो। स्वयम्भूस्थित एक रेस्टुरेन्टमा शनिबार प्रेमीसहित गएकी एक युवतीको उनले फोटो तथा भिडियो खिचेका थिए।

युवतीले थाहा पाएपछि रेस्टुरेन्टमै झगडा भएको थियो। डिएसपी केसीले माफी मागेर मिलापत्र गर्ने प्रयास गरे पनि युवती पक्षले प्रहरीमा उजुरी दिएको हो।

आइतबार अदालतमा म्याद थप गरी स्वयम्भू वृत्तले अनुसन्धान अघि बढाएको छ। डिएसपी केसी पोखरास्थित बाहिनीमा कार्यरत थिए।

अनुमतिविना कसैको फोटो तथा भिडियो खिच्न नपाइने गोपनीयतासम्बन्धी ऐनको कसुरअन्तर्गत उनलाई कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।