मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५५:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

‘स्वस्थानी व्रतकथा : नारीशक्तिको महिमा, नारीकै शोषण’ लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५५:oo

रामेश्वरी पन्तद्वारा लिखित पुस्तक ‘स्वस्थानी व्रतकथा : नारीशक्तिको महिमा, नारीकै शोषण’ लोकार्पण भएको छ।

शनिबार शिखा बुक्सद्वारा प्रकाशित पुस्तकको लोकापण समारोहमा प्रा.डा. वीणा पौडेल, उप प्रा.डा. मीना उप्रेती तथा पत्रकार तथा लेखक दामोदर न्यौपानेले समीक्षा गरेका थिए।

पुस्तकमाथि बोल्दै प्रा.डा. पौडेलले किताब सबैको मनमा बस्न सक्ने गरी नारीको महत्त्व र शोषणलाई गहन र सिर्जनशील शैलीमा लेखिएकोले संस्कृतिमाथि अध्ययन गर्नलाई मात्र होइन, सबैको लागि उपयोगी हुने बताइन्।

यस्तै, उपप्रा.डा. उप्रेतीले स्वस्थानी र त्यसमा रहेका नारी पात्रमाथि चुनौतीलाई सहज र व्यावहारिक रूपमा किताबी आकार दिएर ठूलो चुनौतीको सामना गरेको बताइन्।

समाजशास्त्रीय रूपमा पनि पुस्तक उत्कृष्ट रहेको बताए। पत्रकार तथा लेखक न्यौपानेले सबै वर्ग र क्षेत्रका उपयोगी रहेको पुस्तक सबैले पढ्न अनुरोध गरे। शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार तथा संस्कृतिकर्मीको उल्लेख्य उपस्थिति थियो।