१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण ६ आइतबार १७:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अनेरास्ववियुले विद्यार्थी महोत्सव गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण ६ आइतबार १७:१६:००

एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थी महोत्सव गर्ने भएको छ। संगठनको ६०औँ स्थापना दिवसको अवसर पारेर आगामी १ जेठमा महोत्सव आयोजना गर्ने निर्णय गरेको अध्यक्ष समिक बडालले जानकारी दिए।

आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बडालले गत ४ फागुनमा सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै महोत्सवमार्फत विद्यार्थी आन्दोलनलाई रचनात्मक गतिविधिसँग जोड्ने, विद्यार्थीहरूको बहुआयामिक प्रतिभालाई उजागर गर्ने उद्देश्य राखिएको बताए।

युवाहरूमा कला, संस्कृति र राजनीतिक चेतनाको विस्तार गर्नेलगायतका उद्देश्यले आयोजना गर्ने महोत्सवमा कम्तीमा दुई लाख विद्यार्थी सहभागी गराउने अनेरास्ववियुले जनाएको छ।