
एनआइसी एसिया क्यापिटलले ‘आइडिया टु आइपिओ’ सेवाअन्तर्गत धितोपत्रको दोस्रो बजारमा सूचीकृत नभएका पब्लिक कम्पनी तथा प्रालि कम्पनीलाई समेत सेयर रजिस्ट्रारको सेवा प्रदान गर्ने भएको छ । क्यापिटलले नेपालमै पहिलोपटक मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत संस्थागत परामर्श सेवासहित ‘आइडिया टु आइपिओ’ सेवा सञ्चालन गरिरहेको कम्पनीले जनाएको छ ।
यसअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको कम्पनी स्थापनादेखि स्केल–अप एक्स्पान्सन, ग्रोथ, फर्दर एक्स्पान्सन आइपिओ जारी गर्ने चरणसम्म कम्पनीलाई पुर्याउन आवश्यक पर्ने लगानीको स्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।
हालसम्म क्यापिटलले २२ वटा कम्पनीसँग दुई पक्षीय सम्झौता सम्पन्न गरी पाँचवटा प्रालि कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गराई आइपिओ निष्कासनको कार्यसमेत सम्पन्न भएको कम्पनीले जनाएको छ ।
संस्थागत सुशासन र कानुनी व्यवस्थाको राम्रो ज्ञान, अनुभव भएका दक्ष जनशक्ति प्राप्त गर्न निकै गाह्रो र बढी खर्चिलो हुने देखिएको हुँदा एनआइसी एसिया क्यापिटलले यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ । क्यापिटलको यो सेवा जुनसुकै क्षेत्र तथा जुनसुकै चरणमा रहेका कम्पनीहरूले लिन सक्ने बताइएको छ ।