मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महासमितिमा सुनील शर्माले गठबन्धन तोडेर लोकतान्त्रिक शक्तिको सरकार गठनको प्रस्ताव लैजाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४९:oo

कांग्रेस सांसद डा. सुनील शर्माले महासमिति बैठकमा छुट्टै प्रस्ताव लैजाने भएका छन्। शर्माले शनिबार पत्रकार सम्मेलन गरी गठबन्धन तोड्नेसहितका प्रस्ताव बैठकमा लैजान लागेको जानकारी दिए।

१४ एजेन्डासहितको प्रस्तावमा शर्माले हालको गठबन्धन तोडेर कांग्रेसले लोकतान्त्रिक शक्तिहरूलाई समेटेर सरकार गठनको पहल गर्नुपर्ने उल्लेख गरेका छन्।

‘संघदेखि प्रदेशसम्म कांग्रेस सरकारमा छ। तर, भिन्न राजनीतिक, सामाजिक, आर्थिक व्यवस्था पक्षधर दलहरूसँग सहकार्यको जग अप्राकृतिक छ। गठबन्धनबाट बनेको सरकारका काम-कारबाही प्रभावकारी हुन सकेका छैनन्,’ प्रस्तावमा भनिएको छ, ‘तत्काल यो गठबन्धनबाट अलग भई कांग्रेसले लोकतान्त्रिक शक्तिहरूलाई एकत्रित गरी सरकार गठनका लागि पहल गर्नुपर्छ।’

प्रस्तावमा साधारण सदस्यता अनलाइन माध्यमबाट दिने व्यवस्था, एउटा व्यक्तिलाई दुईपटकभन्दा बढी निर्वाचनमा टिकट नदिने, पार्टीका सबै तहमा २० प्रतिशत समाजका विभिन्न क्षेत्रका विज्ञ, लब्धप्रतिष्ठितहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने विषय समेटिएका छन्।

साथै, भ्रष्टाचार नियन्त्रणमा कांग्रेसको भूमिका, कांग्रेसको अर्थनीति स्पष्ट हुनुपर्ने र सयमसापेक्ष पार्टीको सांगठनिक ढाँचा परिवर्तन गर्नेलगायतका प्रस्ताव शर्माको छ।