१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १७:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरीमा कलश यात्राको क्रममा झडप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३४:oo

महोत्तरीको साम्सी गाउँपालिका– २ पर्सा देवाडमा निकालिएको कलश यात्राको क्रममा दुई पक्षबीच झडप भएको छ।

वडा नं १ स्थित खुला चौरमा लागेको महावीर झन्डा मेलाको लागि निकालिएको कलश यात्रा वडा नं २ मा रहेको महारानी स्थानमा पूजा गरेर फर्कने वेलामा मस्जिद रहेको स्थानमा पुग्दा झडप भएको हो।

पूर्वनिर्धारित मार्गबाट कलश यात्रा ननिकाली मुस्लिम बाहुल्यता भएको बस्तीबाट निकालिएपछि झडपको स्थिति आएको यात्रामा सहभागी स्थानीयहरूकाे आरोप छ। तर, झडपको वास्तविक कारण भने अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीकाे भनाइ छ।

झडपपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाई फायर गरेको छ। भागदौडको क्रममा स्थानीय अतिमा खातुन, गुलसन खातुन, इजराइल नदाफर बब्लु यादवसहित अन्य केही मानिसहरू घाइते भएका छन्। इजराइल र बब्लुको टाउको फुटेकोमा जानकी एकेडेमिक अस्पताल पर्सा देवाडमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्य घाइतेको अवस्था सामान्य छ।

स्थिति पूर्ण रूपमा प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक लोक दाहालले बताए। उनले स्थानीयहरूसँग समन्वय भइरहेको बताए।

आज सोही स्थानमा महावीर झन्डा उद्घाटन गर्ने कार्यक्रम छ। झडपपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।