१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o९:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भरतपुर विमानस्थलको विस्तार सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:o८:oo

चितवनको भरतपुर विमानस्थल विस्तार प्रक्रिया अघि बढेको छ । शुक्रबार भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अध्यक्षतामा बसेको बैठकले विमानस्थल विस्तारको प्रक्रिया तत्काल अघि बढाउने सहमति गरेको हो । नगरप्रमुख दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, नेपाल नागरिक प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीसहित बसेको बैठकले विमानस्थल विस्तारको काम र घोडाको प्रजनन केन्द्र शक्तिखोरमा स्थानान्तरण गर्ने कार्य एकसाथ अगाडि बढाउने निर्णय गरेको छ ।

विमानस्थल विस्तारका लागि सर्भे गरी डिजाइन गर्ने र डिजाइनअनुरूप ओएलएस (अप्सट्रेकल लिमिटेसन सर्भे) गरिने महानगरका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले जानकारी दिए । सर्भेको काम सोमबारबाट सुरु गरेर एक हप्ताभित्रै सम्पन्न गरिने उनको भनाइ छ । सर्भे  रिपोर्ट आएपछि डिजाइनअनुसार बजेट सुनिश्चित गरेर विस्तारको काम अघि बढ्नेछ । यस्तै, समग्र विमानस्थल विस्तार सहजीकरणका लागि क्यान, सेना र महानगरको प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गर्ने सहमति पनि भएको छ । १८ माघमा बसेको मन्त्रिपरिषद् बैठकले सैनिक संरचना हटाएर भरतपुर विमानस्थल विस्तार गर्ने निर्णय गरेको थियो । संरचना सार्दा हुने खर्च क्यानले व्यहोर्नेछ ।

विमानस्थलसँगै सेनाको घोडा प्रजनन केन्द्रलगायत संरचना छन् । विमानस्थल विस्तारका लागि थप १९ बिघा जमिन आवश्यक पर्छ । अहिले १२ सय मिटरको धावनमार्ग रहेको विमानस्थलमा उत्तर–पश्चिमतर्फ चार सय १२ मिटर विस्तार गर्ने योजना क्यानको छ । यसअनुसार विमानस्थलको धावनमार्ग कम्तीमा १५ सय मिटरको बनाउनुपर्नेछ । 

ad
ad