
नेपाल प्रहरीका डिएसपी गोविन्द पन्थीले ‘इन्टरनेसनल इन्भेस्टिगेसन अवार्ड’ पाएका छन्। मानव बेचबिखन नियन्त्रणको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै उनलाई अवार्ड दिइएको हो।
मानव बेचबिखन नियन्त्रणको क्षेत्रमा कार्यरत ‘किन इन्डिया’ नामक संस्थाले उनलाई अवार्ड वितरण गरेको हो। काठमाडौं अपराध अनुसन्धान कार्यालयमा कार्यरत पन्थी यसअघि मानव बेचबिखन नियन्त्रण ब्युरोमा कार्यरत थिए। उक्त ब्युरोमा रहँदा उनले मानव बेचबिखन नियन्त्रणको क्षेत्रमा गहन अनुसन्धान गरेका थिए।
अवार्डका लागि पन्थीलाई किनले भारतमै बोलाएको थियो। तर, उनी कार्यक्रममा सहभागी हुन सकेका थिएनन्। किनले उनलाई नेपालमै अवार्ड पठाइदिएको छ। उक्त अवार्ड उनी कार्यरत अनुसन्धान कार्यालयमा बिहीबार वितरण गरिएको हो।