Skip This
बजेट कटौती गरिएको होइन, अनुमान गरेका हौँ : अर्थमन्त्री 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ४ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण ४ शुक्रबार १o:४१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बजेट कटौती गरिएको होइन, अनुमान गरेका हौँ : अर्थमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ४ शुक्रबार १o:४१:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षाबारे प्रस्टीकरण दिँदै बजेट कटौती नगरेको बताएका छन् । माघ मसान्तमा सार्वजनिक गरिएको मध्यावधि समीक्षामा प्रस्तुत गरिएको संशाेधित अनुमानलाई कटौती भन्न नमिल्ने उनको प्रस्टीकरण छ । 

सञ्चारमाध्यमहरूमा संशोधित अनुमानलाई लिएर सम्प्रेषण गरिएको समाचारले सर्वसाधारणमा दुविधा उत्पन्न गर्ने जोखिम बढेको उनको आकलन छ। उनले भने, ‘अर्धवार्षिक समीक्षाको विषयलाई लिएर सञ्चारमाध्यममा आएको समाचारले आमजनमासमा दुविधा हुने देखिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐनबमोजिम अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरिन्छ । ६ महिनाको बजेट कार्यान्वयन र राजस्वको संकलनबारे समीक्षा गरिन्छ । यतिसम्म राजस्व संकलन भइरहेको छ, कठिनाइ के छ ? भनेर समीक्षा गरिएको छ । आउने ६ महिनामा कति खर्च गर्न सकिन्छ भनेर लेखिन्छ । जति सम्भव हुन्छ खर्च गर्न तयार छौँ ।’ 

पछिल्लो ६ महिनाको ट्रेन्ड हेरेर आगामी खर्च र राजस्व कति हुन्छ अनुमान पेस गरेकाे उनको भनाइ छ । उनले भने, ‘सार्वभौम संसदबाबाट पारित भएको बजेटै कटौती भयो भनेर सूचना सम्प्रेषण भएको छ । प्रधानमन्त्रीसँग अर्थमन्त्रीको समन्वय नै नभएको भन्ने प्रचार गरिएको छ । यो भ्रम हो । सिलिङको विषयमा पनि फरक–फरक विषय आएको छ । हाम्रो प्रणालीभित्र खुलस्त छलफल हुन्छ । प्रधानमन्त्रीज्यूले पनि आफ्नो कुरा राख्नुहुन्छ, हामीले आफ्नो कुरा राख्छौँ ।’ विनियोजन ऐनअनुसारको खर्च र आयको अनुमान यथावत् नै रहेको उनले जानकारी दिए। 

१८ खर्बको बजेट सिलिङ
राष्ट्रिय योजना आयोगमा उपाध्यक्षको संयोजकत्वको स्रोत अनुमान समितिले १८ खर्ब बजेटको सिलिङ तोकेको अर्थमन्त्रीले जानकारी दिए ।  उनले भने, ‘स्रोतको अवस्था र आवश्यकता हेरे सिलिङ निर्धारण हुने गरेको छ ।’