१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
गाेली प्रहार गरिएकाे स्थान । तस्बिर : नयाँ पत्रिका ।
Invalid date format २१:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोली हानिएकी प्रहरी महिलाको ज्यान गयो (अपडेट)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:५३:oo

नेपाल प्रहरीमा कार्यरत श्रीमानबाट गोली हानिएकी प्रहरी महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङमा कार्यरत प्रहरी जवान धनमाया थापा छिन्। 

दाङ घोराहीको दामोदर चोकमा ड्युटी गरिरहेका वेला आज बेलुकी साढे आठ बजे दुई सय २० सिसीको पल्सर बाइक चढेर आएका श्रीमान् यमबहादुर झाँक्रीले धनमायामाथि तीन राउन्ड गोली प्रहार गरेको दाङका प्रमुख जिल्ला अधिकारी दीनबन्धु सुवेदीले जानकारी दिए। 

प्रजिअ सुवेदीका अनुसार प्रहरीको नेपालगन्ज तालिम केन्द्रमा कार्यरत यमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ। गोली प्रहार गरेपछि यमबहादुर सोही बाइक चढेर फरार भएका थिए। उनलाई लमहीबाट प्रहरीले नियन्त्रणमा लिएको हो।