१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
रासस काठमाडौं
२o८१ जेठ ३ बिहीबार १६:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १६:१९:oo

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.४६ अंकले ओरालो लागेर दुई हजार ६२.०३ विन्दुमा सीमित भएको छ। 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७१ अंकले ओरालो लागेर तीन सय ६८.५६ मा सीमित भएको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये आज १२ उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको सेयर मूल्य मात्र उकालो लागेको छ।

कुल एक करोड १४ लाख सात हजार दुई सय ६४ कित्ता सेयर रु. तीन अर्ब ८६ करोड ९१ लाख १८ हजार सात सय ४१ मूल्यमा खरिद–बिक्री भए। कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा छ। सो कम्पनीको रु. २२ करोड ८५ लाख ७६ हजार दुई सय ६७ बराबरको सेयर कारोबार भयो।

सगरमाथा जलविद्युत् कम्पनी रु. ११ करोड ५९ लाख ६५ हजार ६ सय २१, जोशी हाइड्रोपावर रु. १० करोड ७५ लाख ५८ हजार दुई सय ८३, एनआइसी एसिया बैंक रु. आठ करोड ७० लाख २३ हजार एक सय ८० र हिमालयन ऊर्जा विकास कम्पनी रु. आठ करोड ५७ लाख ५१ हजार नौ सय ४५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। छ्याङदी हाइड्रोपावर ८.०१, जोशी हाइड्रोपावर ७.४७ र बलेफी हाइड्रोपावरका लगानीकर्ताले ५.३४ प्रतिशतले कमाएका छन्।

त्यस्तै, मैलुङ खोला जलविद्युत् कम्पनी ५.७०, प्रोगेसिभ फाइनान्स ५.५८, माहुली लघुवित्त ५.४२, रिभर फल्स पावर ५.१५ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ४.९३ प्रतिशतले गुमाएका छन्।

ad
ad