मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रकाे प्रथम विधान अधिवेशन, सुझाव संकलन जारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४६:oo

नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशनको तेस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव संकलन सुरु भएको छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेकाे विधान मस्यौदामाथि समूहबाट आज पनि सुझाव संकलन गर्न सुरु गरिएको हो।

मंगलबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो।

हिजो बुधबार १३ समूहबाट मस्यौदा विधानमाथि सुझाव प्रस्तुत भइसकेको छ। आज बाँकी सातजनाले सुझाव प्रस्तुत गरिसकेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्षले जवाफ दिनेछन्।