१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o८:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

बागमती गोल्डकप : मच्छिन्द्रको फराकिलो जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:२७:oo

सहिद स्माकर ‘ए’ डिभिजन टोली मच्छिन्द्र क्लबले बागमती गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार उद्घाटन खेलमा सर्लाहीको बागमती युथ क्लबमाथि ५–२ को फराकिलो जित निकालेको छ । मच्छिन्द्रका लागि हिसुब थपलिया, अभिषेक गुरुङ, क्रिस्टोफर चिजोवा, सौरभ लिम्बू र विमल घर्तीमगरले गोल गरेका थिए । बागमतीका लागि सुजन चौधरी र सुजन गौतमले गोल फर्काए । हिसुबले पहिलो मिनेटमै मच्छिन्द्रलाई १–० अग्रता दिलाए । उनले विमलको पासमा गोल गरे । खेलको ४३औँ मिनेटमा अभिषेकले मच्छिन्द्रलाई २–० को अग्रता दिलाए । 

पहिलो हाफमा मच्छिन्द्रले दुई गोलको अग्रता लिएको थियो । मध्यान्तरपछि खेल प्रतिस्पर्धात्मक बन्यो । दोस्रो हाफमा समग्रमा पाँच गोल भएका थिए । मच्छिन्द्रका क्रिस्टोफरले ५६औँ मिनेटमा ३–० का लागि गोल गरे । खेलको ७९औँ मिनेटमा सौरभ लिम्बूले मच्छिन्द्रलाई ४–० को स्थितिमा राखे । 

बागमतीले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेलमा फर्कने प्रयास गरेको थियो । बागमतीका सुजन चौधरीले ८१औँ मिनेटमा गोल गरी टोलीलाई ४–१ को गोलअन्तरमा झारे । ८३औँ मिनेटमा सुजन गौतमले खेललाई ४–२ को अवस्थामा ल्याए । यसअघि बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीले प्रतियोगिताको उद्घाटन गरेका थिए । 

बुधबार आयोजक बागमती खेलकुद विकास समिति र हिमालयन शेर्पाबीच बुधबार प्रतिस्पर्धा हुनेछ । हिमालयन शेर्पा तेस्रो संस्करणको उपविजेतासमेत हो । प्रतियोगितामा १० टोलीको सहभागिता छ । विजेता टोलीले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख र विधागत उत्कृष्ट खेलाडीले समान २५ हजार प्राप्त गर्नेछन् ।

ad
ad