मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १६:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गान्धीदेखि बुद्धसम्म शान्ति पदयात्रा हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:o७:oo

काठमाडौंमा ३ देखि ७ फागुनमा विश्व सामाजिक मञ्चको १६औँ संस्करण कार्यक्रमको पूर्वसन्ध्यामा शान्ति पदयात्रा आयोजना हुने भएको छ। 

एकताभूमि अधिकारका लागि संगठित हुन एकता परिषद्, राष्ट्रिय भूमि अधिकार मञ्च, नेपाल महिला एकता र सामुदायिक आत्मनिर्भर केन्द्रको आयोजना शान्ति पदयात्रा हुन लागेको हो।

मंगलबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा फागुन २ गते शान्ति र अहिंसाप्रेमीहरूले बिहारको रक्सौलदेखि नेपालको वीरगन्ज हुँदै परवानीपुरसम्म पैदल यात्रा गर्न लागेका छन्। 

बुधबार बिहारदेखिको पदयात्रा परवानीपुरमा रोकेर बसमा बसेर यात्रा पनि हुने भूमि अधिकार मञ्चका केन्द्रीय अध्यक्ष ल्याम दर्जीले बताए।यस्तै, फागुन ३ गतेदेखि काठमाडौंको नारायणगोपाल चोकनजिकको शंखपार्कबाट भृकुटीमण्डपसम्म शान्ति पदयात्रा हुने अध्यक्ष दर्जीले बताए। 

विश्वभरका समुदायलाई सामाजिक न्याय र शान्तिको सन्देश दिन सामाजिक विश्व मञ्चको सन्दर्भ पारेर शान्ति यात्रालगायत विविध कार्यक्रम समेटेर ‘गान्धीदेखि बुद्धसम्म’ अभियान आयोजना हुन लागेको पत्रकार सम्मेलनमा सहभागी एकता परिषद्का अध्यक्ष रणसिंह परमरले बताए।

उनका अनुसार यस अभियान सीमान्तकृत मानिसका लागि भूमि, आवास र प्राकृतिक स्रोतहरूमा पहुँच सुनिश्चित गर्न जारी आन्दोलनको एक हिस्साको रूपमा लिएको छ।

यस्तै, विश्व सामाजिक मञ्च २०२४ मा सहभागी भएर भूमि अधिकार, शान्ति र सामाजिक न्यायको आवाज बुलन्द गर्न भारत र नेपालका दुई–दुई सय कार्यकर्ता सहभागी हुने उनले बताए।  

पाँच दिनसम्म चल्ने शान्ति अभियानमा भूमि, जीविकोपार्जन र आवास, शान्तिपूर्ण र अहिंसात्मक समाज निर्माणलगायतका विषयमा सातवटा कार्यशाला हुने दर्जीले जानकारी दिए।