मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
पवन तिमिल्सिना काठमाडाैं
Invalid date format १७:o१:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सरकारले घटायाे बजेटकाे आकार, यस्ताे छ संशोधित अनुमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:o१:oo

सरकारले चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ। सोमबार मन्त्रालयले समीक्षासहित संशोधित अनुमान सार्वजनिक गरेको हो। 

चालू आर्थिक वर्ष (आव) ०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षमा रु.१७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख खर्च हुने अनुमान गरिएकाेमा त्यसलाई संशाेधन गर्दै रु.१५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख खर्च हुने संशोधित अनुमान ल्याएकाे बताए। यो रकम सुरु विनियोजनको ८७.३८ प्रतिशत हो।

अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै अर्थमन्त्री महतले अहिले केही सूचक सकारात्मक देखिएको बताए। उनले समग्र अर्थतन्त्रको सूचक सुधार हुन समय लाग्ने बताउँदै तरलतामा सुधार आएको दाबी गरे। 

‘शोधनान्तर स्थितिमा सुधार आएको छ। वैदेशिक लगानीमा पनि सुधार आएको छ। हामीले बजेटमा ६‍.५ प्रतिशतमा मूल्यवृद्धि झार्ने लक्ष्य राखेका थियौँ,’ उनले भने, ‘अहिले घटेको अवस्था छ। यो उपभोक्ता र लगानीकर्ताको कोणबाट राम्रो हो। कर्जा प्रवाहमा सबैको चिन्ता थियो। ब्याजदर घट्ने क्रममा छ, थोरै भए पनि कर्जाको प्रवाह पनि बढेको छ।’ 

पुँजीगत खर्च वृद्धि हुने विश्वास व्यक्त गर्दै मन्त्री महतले भने, ‘पुँजीगत खर्च वृद्धि हुन्छ भन्ने मलाई लागेको छ। खर्चको कुरा गर्दा ३२.७५ समग्रमा भएको छ। खर्च उत्साहजनक नदेखिए पनि अब बढ्छ। व्यापारको स्वरूपमा परिवर्तन आइरहेको छ। पेट्रोलियम इन्धनमा आधारितभन्दा विद्युतीय सवारीको माग बढेको छ। यो पनि राजस्व नबढेको कारण हो। त्यसैगरी, डिजिटल कारोबार बढेको छ। यसलाई कर प्रणालीले समेट्न सकेको छैन।’ 

यस्तै, संशोधित अनुमानअनुसार चालूतर्फ रु.१० खर्ब ७ अर्ब ४५ करोड ४६ लाख अर्थात् विनियोजनको ८८.२४ प्रतिशत, पुँजीगततर्फ रु. २ खर्च ५४ अर्ब १३ करोड १९ लाख अर्थात् विनियोजनको ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु. २ खर्ब ६८ अर्ब ६७ करोड ९७ लाख अर्थात् विनियोजनको ८७.३९ प्रतिशत खर्च हुने अनुमान गरिएकाे छ।

चालू वर्षको अन्त्यसम्ममा सरकारको स्रोतबाट (राजस्व र आन्तरिक ऋण) रु. १३ खर्ब ९ अर्ब ३० करोड ८६ लाख, वैदेशिक अनुदानतर्फ रु.४० अर्ब १२ करोड ९ लाख र वैदेशिक ऋणतर्फ रु.१ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख खर्च हुने संशोधित अनुमान गरिएकाे छ।