Skip This
अनिलको ‘ब्याक टु ब्याक’ अर्धशतक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २९ सोमबार
  • Saturday, 27 July, 2024
रमेश सुवेदी काठमाडौं
२o८o माघ २९ सोमबार १४:२७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अनिलको ‘ब्याक टु ब्याक’ अर्धशतक

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ २९ सोमबार १४:२७:oo

नेपाली ओपनर अनिलकुमार शाहले एकदिवसीय क्रिकेटमा ‘ब्याक टु ब्याक’ अर्धशतक प्रहार गरेका छन् । नेपाल र क्यानडाबीच जारी बाइल्याट्रल सिरिजको अन्तिम एकदिवसीय म्याचमा भर्खरै अनिलले अर्धशतक प्रहार गरेका हुन् । 

क्यानडाले दिएको दुई सय ३३ रनको लक्ष्य पछ्याउने क्रममा अनिलले ५२ बलमा ५० रन पूरा गरे । यसक्रममा उनले आठ चौका प्रहार गरिसकेका छन् । उनले प्रारम्भिक चार बलमै लगातार चार चौका प्रहार गरेका थिए । 

यसअघि शनिबार कीर्तिपुर मैदानमै दुई सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा अनिलले १९ बलमा ५० रन बनाएका थिए । 

२५ वर्षीय अनिलको एकदिवसीय क्रिकेटमा यो दोस्रो अर्धशतक हो । उनले हालसम्म राष्ट्रिय टोलीबाट पाँच म्याच खेलेका छन् ।

ताजा अवस्थामा नेपालले १७ ओभरको खेल सकिँदा एक विकेट गुमाएर ९७ रन बनाएको छ । अनिल ५३ र भीम सार्की २४ रन बनाएर खेलिरहेका छन् । अर्का ओपनर कुशल भुर्तेल ९ रन बनाएर आउट भइसकेका छन् ।