मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदीय टोलीले प्रधानमन्त्रीलाई बुझायो चीन भ्रमण प्रतिवेदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२१:oo

चीन भ्रमणबाट फर्किएको संसदीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई भेटेर प्रतिवेदन हस्तान्तरण गरेको हो।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति तथा कार्यक्रममा सुझावहरूलाई समेट्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, ‘भ्रमणमा सिकेका कुरा नेपालमा पनि कार्यान्वयनमा लैजानुपर्छ भन्ने भ्रमण टोलीको सुझावप्रति सकारात्मक छु।’

चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको एकेडेमी फर इन्टरनेसनल बिजनेस अफिसियल्स (एआइबिओ)को निमन्त्रणमा नेपाली सांसदहरूको टोलीले पुस २ गतेदेखि १४ गतेसम्म चीन भ्रमण गरेको थियो। ‘नेपालका सांसदहरूका लागि कार्यशाला’ कार्यक्रममा प्रतिनिधिसभाका १४, राष्ट्रिय सभाका तीन र संघीय संसद् सचिवालयका सचिव सुदर्शन खड्कासमेत तीन अधिकृतहरू सहभागी थिए।

भ्रमण टोलीका नेता पाण्डेले लिखित प्रतिवेदन सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संघीय संसद् सचिवालय र नेपाल सरकारलाई बुझाएर कार्यान्वयनका लागि आग्रह गरिएको बताए।