१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:२५:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

थपियो नाटक ‘गंगालाल’को शो, फागुन ५ सम्म मञ्चन हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:२५:oo

शिल्पी थिएटर, बत्तीसपुतलीमा माघ १९ शुक्रबारदेखि मञ्चन भइरहेको नाटक ‘गंगालाल’को मिति थपिएको छ। २९ माघसम्म मञ्चन हुने भनिएको नाटकमा दर्शक बढिरहेकाले मिति थपिएको नाटकका निर्देशक तथा लेखक चे शंकरले बताए।

सहिद गंगालाल श्रेष्ठको जीवनमा आधारित ‘गंगालाल’ नाटक गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको हाे । चे शंकरको लेखन तथा निर्देशनमा नाटक तयार भएको हो।

नाटकमा सहिद गंगालाललाई क्रान्तिकारी मात्र नभई एक पूर्ण मानिसको रूपमा प्रस्तुत गरिएको निर्देशक चे शंकरको दाबी छ। वि.सं. १९९१ देखि १९९७ सम्म नेपाली राजनीतिक परिवेशमा घटेका घटनाक्रम र सहिद गंगालालका जीवनका घटनालाई आधार मानी नाटकको कल्पना गरिएको उनले जानकारी दिए।

नाटकमा सहिदहरू धर्मभक्त, शुक्रराज र दशरथका साथै टंकप्रसाद आचार्य, गणेशमान सिंह र  कवि सिद्धिचरण श्रेष्ठसमेत पात्र बनेर मञ्चमा देखिनेछन्। स्कुलका विद्यार्थी, शिक्षक, राजनीतिज्ञ, लेखक र कलाकारहरूले गंगालाललाई फरक पाटोबाट चिन्न हेर्नुपर्ने लेखक तथा निर्देशक चे बताउँछन्।

सहिद दिवसको सन्दर्भ पारेर प्रदर्शन गर्न सुरु गरिएको यस नाटकलाई गत माघ १६ गते नाचघरमा सहिद दिवस मनाउँदै प्रथम मञ्चन गरिएको थियो। नाटकमा कलाकारहरू निर्भीक, शकु शाह, इनारा बानु, दीपक पछल्दंग्या, सन्दीप डंगोल, प्रदीपकुमार चौधरी,  नीरज दाहाल, विश्वास मानन्धर, ऋषिकेश, कृमु एडेन बात्री, एलिजा तुम्बापो, रेवन राई, रोशन चन्दले अभिनय गरेका छन्।

ड्रामाटर्जको भूमिका अनुरागले निर्वाह गरेको नाटकमा संगीत डिजाइन उत्सव बुढाथोकीले गरेका छन् भने साउन्ड डिजाइन रिजन महर्जन र अभिषेक विकले गरेका छन्। नाटकमा प्रयोग भएको कार्टुन रोशन भण्डारीले निर्माण गरेका हुन्।

नाटकको अतिरिक्त मञ्चन शनिबार १ बजे पनि हुनेछ भने यो शैक्षिक विषयसँग जोडिएको नाटक भएकाले स्कुलका बालबालिका र शैक्षिक संस्थाहरूले अनुरोध गरेमा भिन्नभिन्न समयमा पनि मञ्चन गरिने निर्देशक बताउँछन्। निर्देशक चे शंकरले यसअघि निर्देशन गरेका ‘कोही किन बर्बाद होस्’, ‘म्याड म्यान्स डायरी’, ‘लुक ब्याक इन एंगर’, ‘सेम टाइम नेक्स्ट इयर’, ‘उलार’ नाटक रुचाइएको थियो।