मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format ११:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनयुद्ध दिवसको दिन बागलुङको ताराखोलामा सार्वजनिक बिदा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३९:oo

१ फागुन अर्थात् जनयुद्ध दिवसको दिन बागलुङको ताराखोला गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको छ।

ताराखोला गाउँपालिकाको १९ माघमा बसेको गाउँ कार्यपालिकाको बैठकले फागनु १ जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले जानकारी दिए।

देशको राजनीतिक, सामाजिक, सांस्कृतिक परिवर्तनका लागि जनयुद्ध र जनयुद्धमा सहादत दिने सहिदको ठूलो योगदान रहेकाले ऐतिहासिक दिनको सम्मान गर्दै जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरिएको अध्यक्ष विकले बताए।

बिदाको दिन पालिकाभित्रका सरकारी कार्यालय, संघसंस्था सबै बन्द रहनेछन्। गाउँपालिकाले आफ्नो आधिकारिक पत्र नै सार्वजनिक गरेको छ।

जनयुद्धको केन्द्रसमेत रहेको ताराखोला गाउँपालिकाले प्रत्येक वर्ष सहिद सप्ताह र सहिद सम्मानको कार्यक्रम आयोजना गर्दै दिवस मनाए पनि यसपालि फागुन १४ गते सहिद सम्मान कार्यक्रम राखेको पालिकाले जनाएको छ।

सर्वोच्च अदालतले जनयुद्ध दिवसमा सार्वजनिक बिदा नदिने आदेश गरे पनि बागलुङको ताराखोला गाउँपालिकाले बिदा दिने निर्णय गरेको हो।