मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका रुकुमपश्चिम
Invalid date format १६:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुकुमपश्चिममा २९ हजार भूकम्पपीडितले पाए पहिलो किस्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुकुमपश्चिम
नयाँ पत्रिका
Invalid date format १६:३८:oo

जाजरकोट भूकम्पबाट पीडित रुकुमपश्चिमका २९ हजार एक सय ३३ लाभग्राहीले अस्थायी आवास निर्णाण गर्न पहिलो किस्ता प्राप्त गरेका छन्। 

सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार कुल ३१ हजार ६ सय २० लाभग्राहीका लागि पहिलो किस्ताबापतको रकम निकासा भइसकेको छ। जिल्लाका ६ वटै पालिकाका २९ हजार एक सय ३३ लाभग्राहीले पहिलो किस्ताबापत रु. २५ हजारका दरले रकम प्राप्त गरेका हुन्। 

उनका अनुसार सबैभन्दा बढी आठबिसकोट नगरपालिकाका नौ हजार सात सय ३२ र सबैभन्दा कम मुसिकोट नगरपालिकाका एक हजार पाँच सय ४७ लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेका हुन्। 

त्यस्तै, सानीभेरी गाउँपालिकामा पाँच हजार सात सय ६१, त्रिवेणी गाउँपालिकामा चार हजार एक सय १५, चौरजहारी नगरपालिकामा ६ हजार दुई सय ७९ र बाँफीकोट गाउँपालिकामा एक हजार ६ सय ९९ लाभग्राहीले अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम प्राप्त गरेको उनको भनाइ छ। 

उनका अनुसार ६ वटै स्थानीय तहमा हालसम्म रु. २५ हजारका दरले रु. ७२ करोड ८३ लाख २५ हजार रकम लाभग्राहीले प्राप्त गरेका छन्। जिल्ला विपत् व्यवस्थापन कोषबाट भने ३१ हजार ६ सय २० लाभग्राहीका लागि स्थानीय तह विपत् जोखिम न्यूनीकरण कोषमा रु. ७९ करोड पाँच लाख पठाएको छ। 

जिल्लामा हालसम्म  २४ हजार सात सय २६ अस्थायी आवास निर्माण सम्पन्न भएका छन् भने पाँच हजार नौ सय ७६ अस्थायी आवास निर्माणको चरणमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिए। 

जिल्ला अझै दुई हजार चार सय ८७ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी छ।