Skip This
खानसमर्थित स्वतन्त्र उम्मेदवार १०१, पिएमएल-एन ७५ र पिपिपी ५४ सिटमा विजयी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २८ आइतबार
  • Saturday, 27 July, 2024
२o८o माघ २८ आइतबार १४:३६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

खानसमर्थित स्वतन्त्र उम्मेदवार १०१, पिएमएल-एन ७५ र पिपिपी ५४ सिटमा विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २८ आइतबार १४:३६:oo

पाकिस्तानको निर्वाचन आयोगले सन् २०२४ को फेब्रुअरी ८ मा सम्पन्न आमनिर्वाचनको पूर्ण परिणाम आइतबार सार्वजनिक गरेको छ।

पाकिस्तानको नेसनल एसेम्ब्ली (राष्ट्रिय सभा) का लागि घोषित निर्वाचन परिणामअनुसार स्वतन्त्र उम्मेदवारले एक सय एक, पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाजले ७५ र पूर्वविदेशमन्त्री बिलावल भुट्टो जर्दारीले ५४ सिट प्राप्त गरेका छन्।

निर्वाचन परिणाममा व्यापक धाँधली भएको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री खानको पिटिआईले आइतबार देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको छ। परिणाममा ढिलाइपछि सैन्य प्रतिष्ठानले मतदानमा धाँधली गरेको आरोप पिटिआई नेताहरूले लगाएका हुन्। 

सेनाको समर्थन रहेको भनिएको पिएमएल–एनले सबैभन्दा बढी सिट प्राप्त गर्ने पार्टीको रूपमा विजयको घोषणा गरेको छ। तीनपटकका पूर्वप्रधानमन्त्री नवाज सरिफले स्थापना गरेको पार्टीले सरकार गठनका लागि प्रतिद्वन्द्वी र स्वतन्त्र उम्मेदवारसँग सम्झौता गर्न बाध्य हुने देखिएको छ। 

पाकिस्तानी सेना प्रमुखले शनिबार चुनाव ‘जित र हारको शून्य योगफलको प्रतिस्पर्धा’ नभएको भन्दै राजनीतिक ध्रुवीकरण अन्त्य गर्न आग्रह गरेका छन्। 

‘अराजकता र ध्रुवीकरण’को राजनीतिबाट माथि उठ्न राष्ट्रलाई स्थिर हात र उपचारात्मक स्पर्शको खाँचो छ,’ सेना प्रमुख जनरल सैयद असिम मुनिरलाई उद्धृत गर्दै सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।