१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
Invalid date format १८:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडामा नवजात शिशु मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:३७:oo

मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा नवजात शिशु (छोरी) मृत अवस्थामा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार दिउँसो  हेटौँडा– ११ नवलपुरमा रहेको उपयोगी सहश्राब्दी बचत तथा ऋण सहकारी संस्थानजिकै बेवारिसे अवस्थामा शिशु मृत फेला परेको हो।

प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले भर्खरै जन्मेकोजस्तो देखिने मृतक शिशु फेला परेको जानकारी दिए। शिशुको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको र घटनाको आवश्यक अनुसन्धान थालिएको उनले बताए।