Skip This
सिटिजन्स बैंकद्वारा ‘आमाघर’का बालबालिकालाई न्यानो कपडा वितरण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २६ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o माघ २६ शुक्रबार १६:o३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिटिजन्स बैंकद्वारा ‘आमाघर’का बालबालिकालाई न्यानो कपडा वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ २६ शुक्रबार १६:o३:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गोदावरीस्थित आमाघरका बालबालिकालाई न्यानो कपडा सहयोग प्रदान गरेकोे छ।

आमाघर आफ्नो घर र परिवार गुमाएर जोखिममा रहेका घरबारविहीन बालबालिकालाई हेरचाह गर्ने संस्था हो। अभावमा रहेका बालबालिकालाई  घर, उत्कृष्ट शिक्षा, स्वास्थ्य र हेरचाह प्रदान गर्न समर्पित आमाघरमा हाल ४६ जना बालबालिका आश्रित रहेका छन्।

बैंकको यस कार्यबाट आमाघरका बालबालिका लाभान्वित भएका छन्। आमाघरमा आयोजित एक समारोहबीच सहयोगस्वरूप न्यानो कपडा हस्तान्तरण गरिएको हो। समारोहमा आफू उपस्थित हुन नपाए तापनि बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले आफ्नो संस्थाले सहयोगस्वरूप न्यानो कपडा बालबालिकाहरूलाई दिन पाउँदा समाजप्रतिको उत्तरदायित्व बोध गरेको बताए।