१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 05 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भ्रष्टाचारी, ठग ‘भिआइपी’ हुँदैन : महामन्त्री थापा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५५:oo

कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले सुशासनलाई पार्टीको मन्त्र बनाएर अगाडि बढाउनुपर्ने बताएका छन्। 

कांग्रेस काठमाडौं जिल्ला सम्मेलनलाई आज सम्बोधन गर्दै उनले देशको विकासका लागि कांग्रेसले सुशासनलाई पार्टीको मूल मन्त्र बनाएर अगाडि बढाउनुपर्ने बताएका हुन्। 

महामन्त्री थापाले पछिल्लो समय संविधानमाथि प्रहार गर्ने कोसिस भइरहेको बताए। ‘संविधानमाथि आक्रमण भइरहेको छ, यस्ता अवरोध वेलावेलामा आइरहन्छन्, यस्ता अवरोधसँग जुध्दै जाने हो, चिर्दै जाने हो,’ उनले भने। 

उनले काठमाडौंमा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको भन्दै काठमाडौंलाई अगाडि बढाउन कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए। 

उनले स्थानीय निकाय र पार्टीबीच समन्वय हुन नसकेको आमगुनासो रहेको भन्दै त्यसलाई चिर्न जरुरी रहेको उल्लेख गरे। भ्रष्टाचारी जोगाउनका लागि सरकार लाग्न नहुने उनकाे भनाइ छ । ‘दोषी उम्कनुहुन्न, निर्दोष फस्नुहुन्न, भ्रष्टाचारी, ठग भिआइपी हुँदैन,’ उनले भने। 

महामन्त्री थापाले सुशील कोइरालाको दृढता र लचकताका कारण संविधान निर्माण भएको बताउँदै अग्रज नेताको आस्था, निष्ठा र नैतिकताबाट पछिल्लो पुस्ताले पाठ सिक्नुपर्ने बताए। 

कांग्रेस नेता प्रदीप पौडेलले काठमाडौंका जनताले पार्टीले गरेको मूल्यांकनका आधारमा निर्णय लिने गरेको स्मरण गरे। 

उनले ०४८ सालपछि नेपालमा धेरै विकास भएको उल्लेख गरे। ‘आमजनताको गुनासो छ, देशमा सुशासन हुन सकेन, भ्रष्टाचार नियन्त्रण हुन सकेन भन्ने छ, त्यसलाई कांग्रेसले गम्भीर भएर सोच्नुपर्छ,’ उनले भने। 

नेता पौडेलले स्वास्थ्य, शिक्षा र न्याय आमनागरिकले खोजेको भन्दै त्यो दायित्व पूरा गर्न कांग्रेस लाग्नुपर्ने बताए। उनले पार्टीका नेता होइन, कार्यकर्ताले टिकट दिने व्यवस्था बनाउनुपर्ने बताए। काठमाडौंका जिल्ला सभापतिलाई कांग्रेसले टिकट दिन नसकेको उनको भनाइ थियो।

कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले नीति अधिवेशनले संगठनलाई चुस्त, दुरुस्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। ‘अब देश र जनताले खोजेजस्तो पार्टी बनाउन नीति अधिवेशनले आवश्यक बाटो पहिल्याएर अगाडि बढ्नुपर्छ,’ उनले भने। 

कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले जनप्रतिनिधि र पार्टीबीच समन्वय नहुँदा समस्या परेको बताए। पार्टीभित्र देखिएको तिक्ततालाई एकतामा ल्याउन सबै लाग्नुपर्ने उनको भनाइ थियो। प्रदेश सभापति बानियाँले टिकट दिने पद्धतिमा परिवर्तन गर्न जरुरी रहेको बताए। 

छुटाउनुभयो की ?