१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १४:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

साफ यू-१९ महिला च्याम्पियनसिप : भारत र बंगलादेश संयुक्त विजेता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १४:५४:oo

निर्धारित समय र पेनाल्टी सुटआउट पनि बराबरीमा टुंगिएपछि भारत र बंगलादेश साफ यू–१९ महिला च्याम्पियनसिपको संयुक्त विजेता घोषित भएका छन् । 

खेलको नवौँ मिनेटमै भारतले खेलमा अग्रता लिएको थियो । नितु लिन्डाले गरेको गोल नै भारतलाई उपाधि दिलाउन निर्णायक बन्ने सम्भावना देखिएका वेला अन्तिम समयमा बंगलादेशले बराबरी गोल गरेको थियो । उपाधि भिडन्त कायम राख्न बंगलादेशकी मोसाम्मत सागोरिकाले ९३औँ मिनेटमा गोल गरेकी थिइन् । त्यसपछि खेल सीधै पेनाल्टी सुटआउटमा प्रवेश गरेको थियाे । 

पहिलो पाँच–पाँच पेनाल्टीमा सबैले गोल गरेपछि खेल सडन डेथमा प्रवेश गरेको थियो । जहाँ दुवै टिमका बाँकी सबै ६–६ खेलाडीले गोल गरेपछि पेनाल्टी सुटआउट पनि ११–११ को अवस्थामा पुग्यो । 

त्यसपछि खेल खेलाइरहेकी नेपाली रेफ्री अञ्जना राईले ‘क्वाइन टस’ बाट उपाधि चयनको बाटो रोजेकी थिइन् । जहाँ भारतले टस जितेपछि उनले भारतलाई उपाधि विजेता घोषित गरिन् । तर, बंगलदेशका खेलाडीले ‘क्वाइन टस’ प्रति असन्तुष्टि जनाउँदै मैदान छाडेनन् । 

बंगलादेशी खेलाडी लामो समयसम्म मैदानमै रहेपछि अन्ततः म्याच कमिस्नरले ‘क्वाइन टस’को नतिजा रद्द भएको घोषणा गर्दै दुवै टिमलाई उपाधिको संयुक्त विजेता घोषित गरेका हुन् । 

समूह चरणको खेलमा भने बंगलदेशले भारतलाई एक–शून्यले पराजित गरेको थियो । 

यस उपाधिसँगै बंगलदेशले समग्रमा साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि चौथोपटक र भारतले दोस्रोपटक उचालेको छ । 

ad
ad