एनसेलले आफ्ना ग्राहकका लागि दुई गुणा डेटाको ‘डबल मज्जा प्याक’ योजना ल्याएको छ । कम्पनीले डबल मज्जा अफर तीन प्याकका साथ पुनः सञ्चालनमा ल्याएको हो । यो अफरमा ग्राहकले सात दिन समयसीमा रहेको पाँच जिबी डेटा एक सय ५० रुपैयाँमा वा आठ जिबी डेटा दुई सय रुपैयाँमा ल्याएको हो ।
त्यस्तै, २८ दिन समयावधि रहेको ८८ जिबी डेटा आठ सय ८८ रुपैयाँमा ल्याएको जनाएको छ । प्याकको भ्यालिडिटी नसकिँदै गरिने हरेक खरिदमा ग्राहकले उही मूल्यमा डबल डेटा बोनसस्वरूप प्राप्त गर्नु यो प्याकको विशेषता रहेको कम्पनीको भनाइ छ । यदि कुनै ग्राहकले आठ जिबी प्याक खरिद गरेको सात दिनभित्र फेरि सोही प्याक खरिद गरेमा ग्राहकले १६ जिबी डेटा बोनसका रूपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
सात दिन भ्यालिडिटी भएका एक सय ५० रुपैयाँ र दुई सय रुपैयाँका डबल मज्जा प्याकमा पाइने बोनसको सञ्चित डेटा अधिकतम २८ दिनसम्म चलाउन सकिने जनाइएको छ । त्यस्तै, आठ सय ८८ रुपैयाँको प्याकमा पाइने सञ्चित बोनस डेटा ६० दिनसम्म चलाउन सकिने कम्पनीको भनाइ छ ।
त्यस्तै, एनसेलले दुई सय २० रुपैयाँमा सात दिन समयावधि भएको कम्बो प्याक पनि ल्याएको जनाएको छ । यो प्याकमा ग्राहकले चार जिबी डेटा, १०० मिनेट अल नेट टक टाइम र विभिन्न डिजिटल सेवा प्राप्त गर्ने उल्लेख छ ।