१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

युएसएआइडीले जाजरकोट भूकम्पपछिको पुनरुत्थानका लागि १३ लाख ७० हजार डलर सहयोग गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५१:oo

अमेरिकी सरकारले युएसएआइडीमार्फत गत कात्तिकमा जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि पुनरुत्थानको प्रयासमा १३ लाख ७० हजार डलर सहयोग गर्ने घोषणा गरेको छ।

२०८० कात्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा गएको ५.६ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १५४ जनाको ज्यान जानुका साथै सयौँ घाइते भएका थिए। साथै, घर तथा भवनहरूमा क्षति पुगेको थियो। यसको परिणामस्वरूप व्यापक विस्थापन हुनपुग्यो, अत्यावश्यक सेवाहरूको प्रवाहमा व्यवधान आइपर्‍यो र आश्रय, खाना, सफा पानी तथा स्वास्थ्य सेवाको तत्काल आवश्यकता सिर्जना भयो।

सेभ द चिल्ड्रेनमार्फत कार्यान्वयन गरिएको युएसएआइडीको सहयोगले भूकम्प प्रभावित समुदायलाई जाडोको सामना गर्न, भूकम्पले गरेको विनाशबाट तंग्रिन र अन्ततः सुरक्षित पुनर्निर्माण गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

भूकम्पलगत्तै, युएसएआइडीले आफ्ना विद्यमान कार्यक्रमहरूको ध्यानलाई अतिआवश्यक राहत सामग्री, पानीको गुणस्तर परीक्षण गर्ने उपकरण र भौतिक पुनर्स्थापनाका लागि सहयोग उपलब्ध गराउने दिशातर्फ मोड्यो। यो द्रुत सहयोग सन् २०१९ देखि युएसएआइडीले कर्णालीमा विपत् जोखिम न्यूनीकरण र उत्थानशीलताका लागि गर्दै आएको दुई करोड ३३ लाख डलरभन्दा बढी लगानीका अतिरिक्त प्रदान गरिएको बताइएको छ।