१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ताप्लेजुङमा एक व्यक्ति मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५१:oo

ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा एक व्यक्ति मृत फेला परेका छन्। पाँचथर याङ्वरक गाउँपालिका– २ थर्पु घर भई हाल सिरिजंघा गाउँपालिका– २ आम्बेगुदिनस्थित ससुराली बस्दै आएका ३३ वर्षीय हरि खड्का बिहीबार बिहान मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कलमकुमार लुंगेलीले खड्का स्थानीय महभिरमा मृत अवस्थामा भेटिएकाे बताए। निबुखोलानजिकै महभिरको फेदीमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयले फेला पारेको शव प्रहरी निरीक्षक लुंगेलीले खड्काको रहेको पुष्टि गरेका हुन्।

बुधबार मध्याह्नतिर सोही गाउँपालिका– १ सिनाम, मावलीघर जान्छु भनी खड्का घरबाट निस्किएका थिए। मावली घर नपुगेको र अबेरसम्म घर पनि नफर्किएपछि उनको खोजतलास हुँदै आएको प्रहरीले जनाएको छ।

यता घटनाबारे खबर भएपछि इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली घटनास्थल गएको छ। घटनाका सम्बन्धमा अनुसन्धान प्रक्रिया सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।