१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
रासस पाटन
२o८१ जेठ २ बुधबार १६:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

संविधानमा निःशुल्क भनिएका स्वास्थ्य सुविधा सरकारले उपलब्ध गराउँछ : मन्त्री बस्नेत

Read Time : < 1 मिनेट
रासस, पाटन
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:४o:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्यलाई संविधानमा निःशुल्क भनेर उल्लेख गर्ने, तर व्यवहारमा निःशुल्क उपचार नपाउने भएर नागरिकको ज्यान जाने अवस्था हुन नहुने बताएका छन्।

मन्त्री बस्नेतले संविधानले निःशुल्क भनेका स्वास्थ्य सुविधालाई नेपाल सरकारले उपलब्ध गराएको दाबी गरे। मानसिक स्वास्थ्य अस्पताल लगनखेलको किशोरकिशोरी मानसिक स्वास्थ्य एकाइ उद्घाटन समारोहमा मन्त्री बस्नेतले हरेक सय जनामा १० मानसिक रोगी भेटिने गरेको तथ्य पाइएको बताए।

‘बालबालिका र किशोरकिशोरीका लागि एकीकृत रूपमा छुट्टै युनिट खडा गरेर उपचार सेवा दिने उद्देश्यले यो सेवा सुरु गरेकामा हार्दिक आभार दिन चाहन्छु। सरकारले गर्नुपर्ने काम निजी साझेदार संस्था र विकासका साझेदार संस्थाबाट भएको छ। मानसिक रोगी बढ्नुका कारण पत्ता लगाएर त्यसलाई रोक्न ध्यान दिनुपर्छ,’ मन्त्री बस्नेतले भने।

समस्यामा परेका व्यक्तिले समयमा उपचार पाउने सुनिश्चितता छैन भन्ने साेचेर पनि मानसिक रोग बढेको भन्ने पाइएकाले यसका लागि राज्य, संघसंस्था र नागरिक सबै मिलेर समाधानको प्रयास सुरु गर्नुपर्ने उनको भनाइ छ।

ad
ad