१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 05 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागरिकता किर्ते वा सहकारी ठग्ने कसैले पनि उन्मुक्ति पाउनुहुँदैन : सांसद थापा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:१३:oo

सांसद तथा कांग्रेस महामन्त्री गगनकुमार थापाले नागरिकताको किर्ते वा सहकारी ठग्ने कसैले पनि उन्मुक्ति पाउन नहुने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा महामन्त्री थापाले यस्तो बताएका हुन्। 

उनले भने, ‘नागरिकताको किर्ते वा सहकारी ठग्ने कसैले पनि उमुक्ति पाउनुहुँदैन। चाहे त्यो जुनसुकै पार्टी वा शक्तिकेन्द्रको होस्। सरकारले सुशासनका क्षेत्रमा गरेका कामको अनुभूति जनताले गर्नुपर्छ। संसद् र सत्तापक्ष वा प्रतिपक्षको पनि डबल भूमिका हुनुहुँदैन।’ 

उनले धान रोप्ने वेला मलखादको कुरा, असार आएपछि विपतको विषयमा कुरा गरेर वा प्रधानमन्त्रीले मात्रै दिएर समस्याको समाधान नहुने स्पष्ट पारे। ‘विपिन जोशी वा रुसमा पुगेका नागरिकका बारेमा हामीले जान्न पाउनुपर्छ। सरकारले के गरिरहेको छ भन्ने कुरा जनताले जान्न पाउनुपर्छ,’ उनले भने।  

उनले भने, ‘सुशासनका लागि सरकारको अतिरिक्त पहलकदमी चाहिन्छ। कुनै संस्थाको नेतृत्वले काम गरेजस्तै नेपालको प्रधानमन्त्रीले त्यसैगरी गर्नुपर्छ। सुशासनको आजको दिनको मन्त्र भनेको कानुन, विधिको शासन हो, चाहे त्यो जग्गा हडप्ने होस् या नागरिकताको किर्ते गर्ने होस्। सहकारीमा ठग्ने होस्, यताको होस् कि उताको होस्। जुनसुकै दल वा दल बाहिरको होस्। जतिसुकै शक्तिशाली होस्, कसैले पनि उन्मुक्ति पाउनुहुँदैन। एउटा नेपाली नागरिकले जे गर्दा दण्डित हुनुपर्छ, शक्तिशालीलाई पनि कानुन त्यसरी नै लागू हुनुपर्छ। जुनसुकै अर्थमा पनि नेपाल सरकारले यो बाटो समात्दै गयो भने बल्ल विश्वासको वातावरण बनाउन सक्छ।’ 

छुटाउनुभयो की ?