१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
प्रतिकात्मक तस्बिर
२०८० माघ २३ मंगलबार १६:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नवलपुरमा गैँडाको आक्रमणबाट एक महिला घाइते

Read Time : < 1 मिनेट
२०८० माघ २३ मंगलबार १६:२७:००

पूर्वी नवलपरासीमा गैँडाको आक्रमणमा परी एक महिला घाइते भएकी छिन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार मंगलबार दिउँसो साढे २ बजेतिर देवचुली– १० पृथ्वीनगर लोकाहा खोला किनारमा सोही ठाउँकी ६० वर्षीया ठगिसरा सुनारी मगरलाई गैँडाले आक्रमण गरेको हो।

उनी बाख्रा चराउन जंगल गएको वेला गैँडाले आक्रमण गरेको बताइएको छ। उनको ढाड, बायाँ गाला, दायाँ खुट्टा र दुवै पाखुरामा चोट लागेको छ। घाइते सुनारी मगरको अवस्था मध्यम रहेको र उनको दलदलेस्थित देवचुली अस्पतालमा उपचार भइरहेको छ।

उक्त वन क्षेत्रमा प्रहरी टोली र वन कार्यालयका कर्मचारी खटिएकाे प्रहरीले जनाएको छ।