१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
तस्बिर : पाकिस्तानी नौसेना/अरब न्युज
रासस इस्लामावाद
२o८१ जेठ २ बुधबार १६:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

पाकिस्तानी अधिकारीहरूद्वारा अरब सागरमा फसेका नौ भारतीयको उद्धार

Read Time : < 1 मिनेट
रासस, इस्लामावाद
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:१९:oo

पाकिस्तानी नौसेना र समुद्री सुरक्षा एजेन्सीका अधिकारीहरूले अरब सागरको खुला समुद्रमा फसेका नौ भारतीय नागरिकहरूको उद्धार गरेको जनाएका छन्।

अधिकारीका अनुसार भारतीय नागरिकहरू खुला समुद्रमा २४ घण्टासम्म डुंगामा फसेका थिए। पाकिस्तानी सुरक्षा एजेन्सीहरू घटनास्थलमा पुगी सफल उद्धार अभियान सञ्चालन गरेको सेनाको सञ्चार शाखा इन्टर–सर्भिस पब्लिक रिलेसन्स (आइएसपिआर)ले विज्ञप्तिमार्फत उल्लेख गरेको छ। 

फसेका मानिसहरूको बारेमा जानकारी पाएपछि अधिकारीहरूले खोजी र उद्धार अभियान सुरु गरी डुंगामा देखिएको प्राविधिक समस्याहरू समाधान गरी उद्धार गरेका आइएसपिआरले जनाएको छ।

पाकिस्तानी उद्धार टोलीले प्रभावित भारतीय नागरिकलाई चिकित्सकीय सहयोगका साथै संकटग्रस्त डुंगाको सुरक्षासमेत सुनिश्चित गरेको बताइएको छ।

ad
ad