Skip This
एनसेलले ल्यायो इन्डिया रोमिङ प्याक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २३ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o माघ २३ मंगलबार १o:५४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलले ल्यायो इन्डिया रोमिङ प्याक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २३ मंगलबार १o:५४:oo

एनसेलले भारत भ्रमणमा बारम्बार जाने आफ्ना ग्राहकका लागि रोमिङ प्याक सञ्चालनमा ल्याएको छ । कम्पनीले ग्राहकलाई भारतमा रहँदा सबैभन्दा सुलभ शुल्कमा सहजै सम्पर्कमा रहन सक्ने सेवा सञ्चालनमा ल्याएको हो ।ग्राहकले एक सय रुपैयाँमै यो रोमिङ प्याक सुचारु गर्न सक्ने जनाइएको छ ।

यसले तीन दिनसम्म रोमिङ सेवाको फाइदा लिन सक्ने जनाइएको छ । यसका साथै प्याकका साथ ग्राहकले तत्काल पाँच सय एमबी डेटा तथा भ्वाइस र एसएमएस सेवामा छुटसमेत रहेको जनाएको छ । यो प्याकले वीरगन्ज, भैरहवा, नेपालगन्ज, विराटनगर, जनकपुरजस्ता सीमावर्ती सहरबाट बारम्बार भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुरजस्ता ग्राहकको रोमिङ सेवाको मागलाई सम्बोधन गर्ने उल्लेख छ । भारतमा आकस्मिक भ्रमणमा जानुपर्ने ग्राहकलाई पनि यसको विशेष महत्व रहेको कम्पनीको दाबी छ । 

यो सेवाबाट इनकमिङ कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयुगो शुल्कमा ३२ प्रतिशत छुट पाउने जनाइएको छ । जसअनुसार ग्राहकले प्रतिमिनेट १६ रुपैयाँ ४८ पैसामा प्रतिमिनेट कल उठाउन र भारतमा कल गर्न सक्ने जनाइएको छ । त्यस्तै, प्रति एसएमएसको ६ रुपैयाँ ३४ पैसा पर्ने कम्पनीले जनाएको छ ।