मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका डडेल्धुरा
Invalid date format o८:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बन्द कोठामा आगो बालेर सुतेका सासू–बुहारीको निसास्सिएर गयो ज्यान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, डडेल्धुरा
नयाँ पत्रिका
Invalid date format o८:२४:oo

डडेल्धुराको अमरगढी नगरपालिका– १, स्याउलेमा कोठाभित्र आगो बालेर सुतेका सासू–बुहारीको निसास्सिएर मृत्यु भएको छ । ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया बुहारी पुनमा दियालको मृत्यु भएको हो ।

सोमबार बिहान ७ बजेसम्म पनि नउठेपछि धौलीदेवीका नातिले ढोका खोलेर हेर्दा उनीहरू बेहोस अवस्थामा भेटिएको र डडेल्धुरा अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको स्थानीय सुरत तमोलीले बताए । चिकित्सकलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले दुवैको निसास्सिएर मृत्यु भएको बताए ।