मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

न्यून चापीय प्रणाली सक्रिय बन्दै, आइतबार यी क्षेत्रमा वर्षा र हिमपात हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४५:oo

पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बन्न थालेपछि आइतबार वर्षा र हिमपात हुने देखिएको छ। 

आइतबार देशभर बदली हुनेछ। मौसम पूर्वानुमान महाशाखाले हिउँदे मौसमको विशेष बुलेटिन दुई जारी गर्दै आइतबार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीमा वर्षाको आकलन गरेको छ।

‘बागमती र कोशीका एक-दुई ठाउँमा वर्षा हुन सक्छ, तर यसपटक पनि अस्तिजस्तै पश्चिम केन्द्रित वर्षा हुनेछ,’ मौसमविद् गोविन्द झाले नयाँ पत्रिकालाई बताए। 

तराई क्षेत्रमा लुम्बिनीसम्म वर्षा भए पनि मधेश र कोशीमा भने वर्षाको सम्भावना छैन। तर, काठमाडौं उपत्यकामा भने फाटफुट वर्षाको सम्भावना छ।

आइतबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको आकलन गरिएको छ भने बागमती र कोशीका थोरै स्थानमा हिमपात हुन सक्ने ठानिएको छ।  

जलवाष्पयुक्त हावा बोकेको पश्चिमी वायुका कारण शनिबार साँझबाट चिसो हावा चल्न थालेको छ। यो प्रणाली सोमबारबाट कमजोर बन्ने आकलन मौसमविद्ले गरेका छन्।

यसअघि गत बुधबार प्रवेश गरेको पश्चिमी वायुले बिहीबार पश्चिम नेपालकेन्द्रित वर्षा र हिमपात गराएको थियो। तर, मध्य र पूर्वी नेपालसम्म आइपुग्दा कमजोर बनेको थियो। मौसमविद् झाका अनुसार यसपटक पनि पश्चिमी वायु धेरै मजबुत छैन। यसले पश्चिममा प्रभाव पारे पनि पूर्वी नेपालमा भने खासै असर गर्ने देखिँदैन।