१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचनमा कोशीको परिणाम अनपेक्षित : कांग्रेस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३९:oo

कांग्रेस संसदीय दलको बैठकले भर्खरै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको परिणाम अनपेक्षित भएको ठहर गरेको छ। 

बैठकले सत्तागठबन्धनका १९ वटा उम्मेदवारमध्ये १८ वटामा विजयी भएको र कोशीमा एकजना साझा उम्मेदवार पराजित भएको विषयलाई अनपेक्षित परिणाम भएको ठहर गरेको  प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 

प्रमुख सचेतक लेखकले बैठकले कोशी प्रदेशमा गठबन्धनका साझा उम्मेदवारमध्ये एकजनाको पराजयलाई गम्भीर रूपमा लिएको बताए। 

काेशी प्रदेशमा सत्तागठबन्धनबाट दुईजना साझा उम्मेदवार थिए। कांग्रेस सांसदले फ्लाेर क्रस गर्दा कृष्ण सिटाैला निर्वाचित भए भने माओवादी उम्मेदवार पराजित भएका थिए। 

कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीले भाइ अरुण चौधरीको पक्राउबारे पार्टीको ध्यानाकर्षण गराएका थिए । राजनीतिक दलले आगामी हिउँदे अधिवेशनका रणनीति निर्माण गर्न संसदीय दलको बैठक राखेका छन्। २२ माघबाट संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदै छ।