मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १७:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार असफल भयो, प्रधानमन्त्री बन्ने पालो माधव नेपालको : शशांक कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२५:oo

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले वर्तमान सरकार असफल भएको दाबी गर्दै अब माधवकुमार नेपालको नेतृत्वमा सरकार बनाउनुपर्नेमा जोड दिएका छन्।

कोइरालाले घुमाउरो पारामा प्रधानमन्त्री प्रचण्डको पालो सकिएको संकेत गर्दै अब बन्ने सरकार माधवकुमार नेपालको नेतृत्वमा बनाउनुपर्ने उल्लेख गरे।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल सरकार सञ्चालनमा असफल भए, अब माधव नेपाललाई प्रधानमन्त्री बनाऔँ,’ उनले भने। नेपालपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति स्मरण गराउँदै उनले भने, ‘यो सहमतिको सरकार हो। सबैले पूर्वसहमति पालन गर्नुपर्छ भन्ने लाग्छ।’

प्रजातन्त्रका सेनानी नेत्रप्रसाद भुसालको स्मृतिमा उनका परिवारले पत्रकारिता पुरस्कार स्थापना गर्न बिहीबार कावासोतीमा आयोजना गरेकाे कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन्।

‘प्रधानमन्त्री आफैँ सरकारको कामकारबाहीबाट सन्तुष्ट हुनुहुन्न,’ उनले भने, ‘त्यो भनेको प्रचण्डको सरकार असफल छ भन्ने हो। अब ढिला नगरी पूर्वसहमतिअनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ।’

स्व. नेत्रप्रसाद भुसाल स्मृति अध्यक्ष कोषको नाममा उनका परिवारले बिहीबार प्रेस युनियन नवलपुरलाई प्रत्येक वर्ष पुरस्कार वितरणका लागि १ लाख सहयोग गर्ने गरी यस वर्षको रकम हस्तान्तरण गरेको छ।