१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १o:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आहा रारा गोल्डकप : पुलिससँग चर्च ब्वाइज भिड्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:o४:oo

पोखरामा जारी आहा रारा पोखरा गोल्डकपअन्तर्गत आज हुने अन्तिम क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड आमने–सामने हुँदै छन् । उक्त खेल पोखरा रंगशालामा दिउँसो २:३० बजे सुरु हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

यसअघि सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा मनाङ मर्स्याङ्दीविरुद्ध ‘सडन डेथ’मा ७–६ को जित निकाल्दै जावलाखेल युथ क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । पहिलो सेमिफाइनल बुधबार जावलाखेल र थ्री स्टार क्लबबीच हुनेछ । 

आज हुने चर्च ब्वाइज र नेपाल पुलिस क्लबबीचको खेलको विजेताले बिहीबार त्रिभुवन आर्मी क्लबसँग दोस्रो सेमिफाइनल खेल्नेछ । आगामी २० गते फाइनल खेल हुने आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिए ।तेइसौँ संस्करणको यस प्रतियोगिताका विजेताले रु. १२ लाख एक हजार र उपविजेताले रु. ६ लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् ।

ad
ad