१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आइएमई पे ‘एचआरएम नेपाल  कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४९:oo

डिजिटल वालेट ‘आइएमई पे’ प्रतिष्ठित ‘एचआरएम नेपाल  कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मानित भएको छ।

कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्डअन्तर्गत फिनटेक समूहमध्येबाट ‘आइएमई पे’ कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो।

आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस अवार्डलाई फिनटेक क्षेत्रमा नवप्रवर्तन, नेतृत्वदायी जनशक्ति व्यवस्थापन, सहज ग्राहक सेवा, वित्तीय समावेशिता तथा साक्षरताको उत्थानमा गतिशील रहने कम्पनीको प्रतिबद्धताप्रतिको सम्मानको रूपमा लिएको बताए।

कर्पोरेट क्लब नेपालले स्वतन्त्र निर्णायक मण्डलमार्फत मूल्याकंन गराई नेपालको कर्पोरेट क्षेत्रका विभिन्न विधाहरूमा अवार्ड प्रदान गर्दै आइरहेको छ।