मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o माघ १४ आइतबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका डडेल्धुरा
२o८o माघ १४ आइतबार १o:२६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

डडेल्धुरामा १५ प्रतिशत नागरिकले गरे स्वास्थ्य बिमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, डडेल्धुरा
नयाँ पत्रिका
२o८o माघ १४ आइतबार १o:२६:oo

डडेल्धुरामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको चार वर्षमा झन्डै १५ प्रतिशत जनसंख्या मात्रै आबद्ध भएका छन् । स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको चार वर्षसम्म पनि न्यून जनसंख्या मात्रै कार्यक्रममा आबद्ध भएको हो । 

स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय डडेल्धुराका अनुसार ०७६ फागुनदेखि अहिलेसम्म आठ हजार सात सय ६५ परिवारका २० हजार ६ सय १६ नागरिकले स्वास्थ्य बिमा गरेका छन् । जुन कुल जनसंख्याको १४ दशमलव ७७ प्रतिशत हुन्छ । ०७८ को जनगणनाअनुसार डडेल्धुराको जनसंख्या एक लाख ३९ हजार ६०२ छ ।

कार्यालयका दर्ता अधिकारी ईश्वरदत्त जोशीका अनुसार जिल्लामा शुल्क तिरेर बिमा गर्नेको संख्या १२ हजार सात सय तीन छ । ‘जिल्लामा रहेका दुई हजार ३२ महिला स्वास्थ्य स्वयंसेविका परिवारका सदस्य तथा पाँच हजार दुई सय ६५ जना ज्येष्ठ नागरिकको पनि निःशुल्क रूपमा स्वास्थ्य बिमा गरिएको छ,’ उनले थपे, ‘एचआइभी संक्रमितका एक सय ४८ जना परिवारका सदस्य, ल्याप्रोसी परिवारका १५ जना सदस्य, रातो कार्ड भएका अपांगता भएका व्यक्तिका तीन सय ८५ परिवारका सदस्य र १९ जना एमडियार टिभी संक्रमितका ५८ जना परिवारका सदस्यको पनि निःशुल्क रूपमा सरकारले नै बिमा गरिदिएको छ ।’