१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रमेश रावल सुर्खेत
२o८१ बैशाख ३१ सोमबार १७:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभामा कर्णालीबाट महिलातर्फ सावित्री मल्ल विजयी

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:२५:oo

राष्ट्रिय सभा निर्वाचनमा महिलातर्फ सावित्री मल्ल विजयी भएकी छिन्। सत्तारूढ गठबन्धनअन्तर्गत एकीकृत समाजवादी पार्टीका तर्फबाट मल्ल उम्मेदवार थिइन्।

मल्लको विजयी घोषणा हुन बाँकी छ, तर मतगणना भने सकिएको हो। आज भएको मतदानमा उनले तीन हजार सात सय २२ मतभर प्राप्त गरेकी छिन्। 

उनले २९ प्रदेश सभा सदस्यबराबर एक हजार पाँच सय ३७ मातभर र एक सय १५ स्थानीय तह मतदाताबराबर दुई हजार एक सय ८५ मतभार प्राप्त गरिन्।

प्रतिस्पर्धी नेकपा एमालेकी विमला शाहीले एक हजार तीन सय ६२ मतभार प्राप्त गरिन्। उनले ११ प्रदेश सभा सदस्यबराबर पाँच सय ८३ मातभार र ४१ स्थानीय तह मतदाताबराबर सात सय ७९ मतभार प्राप्त गरी पराजित भइन्।

ad
ad