१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ११ बिहीबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o माघ ११ बिहीबार १६:४o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नबिल बैंकले दक्ष प्रवासीलाई १० करोडसम्मको ‘उद्यमशील कर्जा’ दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ ११ बिहीबार १६:४o:oo

नबिल बैंक लिमिटेडले विदेशबाट फर्किएका नेपाली युवा तथा विदेशमा रहेका नेपाली युवाहरूको परिवारलाई लक्षित गरेर नयाँ कर्जा योजना अघि सारेको छ। 

देशले युवा जनशक्तिको अपेक्षित लाभ उठाउन नसकेको, वैदेशिक रोजगारीमा जाने क्रम निरन्तर बढेको, विदेशबाट फर्केका युवाहरूले पर्याप्त पुँजीको अभावमा आफ्नो सीपको उपयोग गरी उद्यमशीलता विकास गर्न नसकेकोजस्ता समस्या देखिएको सन्दर्भमा ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सुरु गरिएको बैंकले जनाएको छ।

बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीमार्फत बैंकको सो योजना सार्वजनिक गरिएको हो। बैंकका अनुसार यो कर्जा योजना विदेशमा सिकेको सीपलाई प्रयोग गर्दै नेपालमै केही गरौँ भन्ने सोच बनाइरहेका नेपालीहरूलाई केन्द्रित गरिएको छ।

यो कार्यक्रमअन्तर्गत उद्योग तथा व्यावसायिक योजनाको प्रकृतिका आधारमा अधिकतम १० करोडसम्म कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ। बैंकका अनुसार यस्तो कर्जा न्यून ब्याजमा अधिकतम १० वर्ष अवधिसम्मका लागि उपलब्ध गराइनेछ। यो कर्जामा बैंकले आधार दरमा जम्मा १.५ प्रतिशत प्रिमियम थप गरी उपलब्ध गराउने बताएको छ।

शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीले बैंकको यस्तो योजनाले बिदेसिएको दक्ष र बौद्धिक जनशक्तिलाई नेपालमा फर्काउन ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे। यसैगरी मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले मिडियामा बिदेसिएका नेपालीहरूको मात्र समाचार बन्ने र फर्केका नेपालीहरूको डाटामा कुरा नहुने बताउँदै नबिलले फर्केका नेपालीहरूको सीपको सम्मानमा उद्यम गर्ने वातावरण बनाउन ल्याएको यो कार्यक्रम अहिलेको आवश्यकता रहेको बताए।

बैंकको एसएमई, एमएफ तथा सस्टेनेबल बैंकिङ प्रमुख अमित श्रेष्ठले यस नयाँ योजनाको विषयमा आफ्नो प्रस्तुति दिँदै आवश्यक कागजपत्र पूरा भएको तीनदेखि पाँच दिनभित्रमा कर्जा प्रवाह भइसक्ने जानकारी गराए ।