Skip This
नेतृ द्रौपदाको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १० बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o माघ १० बुधबार १२:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेतृ द्रौपदाको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ १० बुधबार १२:o७:oo

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएकी महिला नेतृ द्रौपदा शर्मा पोखरेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। 

सभापति देउवाको तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी प्रजातन्त्र सेनानी एवं नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य स्वर्गीय गोवर्द्धन शर्मा पोखरेलकी धर्मपत्नीसमेत रहेकी द्रौपदाको निधनप्रति दुःख व्यक्त गरेका हुन्। 

संविधानसभा सदस्य रामचन्द्र पोखरेल, कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदीशचन्द्र पोखरेल तथा युवा नेता एवं समाजसेवी सुवासचन्द्र पाखेरेलकी मातासमेत रहेकी द्रौपदाको एक सय एक वर्षको उमेरमा माघ ९ गते बिहान काठमाडौंको सामाखुशी रानीबारीस्थित आफ्नै निवासमा निधन भएको थियो।

२००७ को जनक्रान्तिको समयदेखि प्रजातन्त्र स्थापनाका लागि सक्रिय भूमिका निर्वाह गरेकी स्वर्गीय पोखरेल आफ्ना पति गोवर्द्धन शर्मा पोखरेलको सर्वश्वहरणपछि ०१८ को जनक्रान्तिमा संलग्न हुँदा उनलाई गिरफ्तार गरेर पैदल हिँडाइ पोखरा हिरासतमा राखिएको थियो।

कांग्रेसको संगठन विस्तार, राणाशासन तथा पञ्चायती व्यवस्थाको अन्त्य र लोकतन्त्र प्राप्तिका लागि भएका हरेक संघर्षमा स्वर्गीय गोवर्द्धन शर्मा पोखरेल र उहाँकी धर्मपत्नीले पुर्‍याएको योगदान इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले जनाएको छ।