![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/logo.2019-06-14-07-34-10.jpeg)
पृथ्वी राजमार्गको सिद्धार्थ रिभरसाइड रिसोर्टको खानालाई ‘अतिउत्तम वर्ग’को प्रमाणीकरण गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले सिद्धार्थ ग्रुपको यस रिसोर्टलाई ‘क’ वर्गको अतिउत्तम स्तर निर्धारण गरी प्रमाणपत्र दिएको हो ।
कार्यालयले खाद्य स्वच्छता स्तरमा ‘क’ अतिउत्तम, ‘ख’ उत्तम, ‘ग’ सन्तोषजनक र ‘घ’ सामान्य गरी चार वर्गमा वर्गीकरण गर्दै आएको छ । सिद्धार्थ रिभरसाइडले पाएको वर्गीकरण सबैभन्दा उत्कृष्ट स्तर हो । पृथ्वी राजमार्गको मध्यभागमा रहेको यस रिसोर्टबाट काठमाडौं र पोखरा सय–सय किलोमिटरको दूरीमा पर्छन् ।
भैरहवाको पाँचतारे होटेल ‘सिद्धार्थ भिलासा’, सौराहाको लक्जरी रिसोर्ट ‘सिद्धार्थ भिलासा बनबासा’लगायत देशका विभिन्न सहरमा सिद्धार्थ ग्रुपका तारे होटेल, रिसोर्ट, कटेज, क्याफेसहित करिब तीन दर्जन आउटलेट सञ्चालनमा छन् ।