१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १७:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

लगातार तेस्रो जितसँगै सुदूरपश्चिम शीर्ष स्थानमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:२१:oo

गण्डकी प्रदेशलाई १०८ रनले हराउँदै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ। लगातारको तेस्रो जितसँगै सुदूरपश्चिम प्रदेश अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

बिहीबार भैरहवास्थित सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा अलआउट हुँदै २०१ रनको बलियो योगफल बनाएको थियो।

सुदूरपश्चिमको जितमा किरण ठगुन्नाले ७३ बलमा ५ चौकासहित सर्वाधिक ६० रन जोड्न सफल भए। यस्तै, नारायण जोशीले ५६ बलमा २ चौका र २ छक्कासहित ४६ रन बनाउँदा शेर मल्लले १९, राजु रिजालले १६, टेक रावतले १५ र नरेन साउदले १३ रन बनाए। सुदूरपश्चिमको उच्च योगफालमा सातौँ विकेटका लागि नारायण र किरणले ७५ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। आठौँ विकेटका लागि करणले नरेन साउदसँग ४६ रनको साझेदारी गरे। यी दुई साझेदारीले सुदूरपश्चिमलाई जितको आधार तय गरेको हो। 

बलिङतर्फ गण्डकीका विपिन खत्री र अंकित सुवेदीले समान ३–३ तथा कमल परियार र अमृत गुरुङले समान २–२ विकेट लिए।

जवाफमा जितका लागि २०२ रनको लक्ष्य पछ्याएको गण्डकी ३० ओभर २ बलमा ९३ रन बनाएर अलआउट हुन पुग्यो। गण्डकीका आश्विनी रानाले ६७ बलमा ४ चौकासहित सर्वाधिक २५ रन बनाउँदा कमल परियारले २२ रन जोडे। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा टिमले हार व्यहोर्‍यो।

गण्डकीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका शेर मल्लले ८.२ ओभरमा १ मेर्डनसहित २३ रन खर्चेर ५ विकेट लिए। यस्तै, गजेन्द्र बोहराले २ तथा भोजराज भट्ट, नरेन साउद र मिलन बोहराले समान १–१ विकेट लिए।

सुदूरपश्चिमले यसअघि कर्णालीलाई १३४ रन र लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गरेको थियो। गण्डकी भने कर्णालीसँग ७ विकेट र लुम्बिनीसँग ४ विकेटले पराजित भएको थियो। बिहीबारको जितसँगै सुदूरपश्चिम ३ खेलमा ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ। एपिएफ २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ। नेपाल पुलिस २ खेलमा ४ अंकसहित तेस्रो स्थानमा छ। शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

ad
ad