मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

इप्पानले मनायो २४औँ वार्षिकोत्सव, ऊर्जा क्षेत्रका विशिष्ट व्यक्तिहरू सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३o:oo

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले २४औँ वार्षिकोत्सव मनाएको छ। बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहबीच इप्पानको २४औँ वार्षिकोत्सव समारोहको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन्।

कार्यक्रममा ऊर्जा क्षेत्रका विशिष्ट व्यक्तिलाई ‘इप्पान विशेष सम्मान’बाट सम्मान गरिएको छ। ‘इप्पान डे’को अवसरमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ, ऊर्जामन्त्री शक्ति बस्नेत र इप्पानका अध्यक्ष गणेश कार्कीले विभिन्न व्यक्ति तथा संस्थालाई संयुक्त रूपमा सम्मान गरेका हुन्।

इप्पान विशेष सम्मानबाट सम्मानित हुनेमा ऊर्जा मन्त्रालयका सहसचिवद्वय नवीनराज सिंह र सन्दीपकुमार देव, विद्युत् विकास विभागका महानिर्देशक चिरञ्जीवी चटौत र नेपाल विद्युत् प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक प्रबल अधिकारी रहेका छन्।

त्यस्तै, वरिष्ठ ऊर्जा पत्रकारिता सम्मानबाट जलसरोकार डटकमका प्रधान सम्पादक विकास थापालाई सम्मान गरिएको छ। 

त्यस्तै, १ मेगावाटभन्दा ठूलो निजी क्षेत्रको पहिलो आयोजनाका रूपमा २०५८ माघ १० गते निर्माण सम्पन्न भएको नेसनल हाइड्रोपावर कम्पनीलाई सम्मान गरिएको छ। कम्पनीले ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। नेसनल हाइड्रोपावरका संस्थापक अध्यक्ष जितबहादुर श्रेष्ठ र वर्तमान अध्यक्ष कुमार पाण्डेलाई सम्मान गरिएको हो।

कार्यक्रमममा १ मेगावाटभन्दा सानो पहिलो जलविद्युत् आयोजनाका रूपमा १८३ किलोवाटको स्यांगे साना जलविद्युत् आयोजनालाई सम्मान गरिएको छ।

निजी क्षेत्रले निर्माण गरेको जलविद्युत् आयोजनामा पहिलोपटक लगानी गरेको नबिल बैंक (तत्कालीन नेपाल बंगलादेश बैंक), आयोजना निर्माणमा संग्लग्न पहिलो निर्माण कम्पनीको रूपमा एभरेष्ट निर्माण सेवा कम्पनी, आयोजनाको बिमा गर्ने पहिलो बिमा कम्पनीको रूपमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी (साबिकको एनबी इन्स्योरेन्स)लाई पनि सम्मान गरिएको छ।