१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १७:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

सुदूरपश्चिमका तीन खेलाडीको अर्धशतक, कर्णाली १३४ रनले पराजित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:२o:oo

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशमाथि १३४ रन अन्तरको जित हात पारेको छ।

भैरहवास्थित सिद्धार्थ रंगशाला मंगलबार भएको खेलमा सुदूरपश्चिमका तीन खेलाडीले अर्धशतक बनाउँदा कर्णाली फराकिलो अन्तरले पराजित भएको हो। टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २७७ रनको बलियो योगफल बनाएको थियो।

उसका लागि ओपनर खड्क बोहराले सर्वाधिक ८० रन बनाए। ११४ बलको सामना गरेका बोहराले ६ चौका प्रहार गरेका थिए। यस्तै, अर्का ओपनर टेक रावतले ९१ बलमा ७ चौकासहित ५९ रन जोडे। सुदूरपश्चिमको सानदार इनिङ्समा पहिलो विकेटका लागि खड्क र टेकले २८ ओभरमा १३८ रनको शतकीय साझेदारी गरेका थिए।

यसैगरी, सुदूरपश्चिमका नारायण जोशी र किरण ठगुन्नाले तल्लोक्रममा विस्फोटक पारी खेलेका थिए। किरणले ३३ बलमा ५ चौका र २ छक्कासहित ५० रन जोड्दा जोशीले १२ बलमा १ चौका र ३ छक्कासहित ३१ रन बनाए। राजु रिजालले १९ र नरेश भट्टले १५ रनको योगदान गरे। कर्णालीका दिनेश अधिकारी, युनिस सिंह, प्रकाश जैशी र दीपेन्द्र रावतले समान १–१ विकेट लिएका थिए।

जवाफी ब्याटिङ गरेको कर्णाली प्रदेश ३७.२ ओभरमा अलआउट हुँदै १४३ रनमै समेटिएको थियो। उसलाई सस्तैमा रोक्न सुदूरपश्चिमका शेर मल्लले १० ओभर बलिङ गर्दै ३५ रन खर्चेर ४ विकेट लिए। यस्तै, विकास आगरीले २ तथा नारायण जोशी, भोजराज भट्ट र नरेन भट्टले समान १–१ विकेट लिए।

कर्णालीका दिवान पुनले ३८, अर्जुन घर्तीले २४, दिनेश अधिकारीले २० र हिमांशु शाहीले १७ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। सुदूरपश्चिमका खड्क बोहरा ‘प्लेयर अफ द म्याच’ घोषित भए।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको यो लगातार दोस्रो जित हो भने कर्णालीले पहिलो हार व्यहोरोको छ।

ad
ad