१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० माघ १ सोमबार १२:२३:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

छिमेक लघुवित्तको १५ प्रतिशत लाभांश प्रस्ताव पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० माघ १ सोमबार १२:२३:००

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २२औंँ वार्षिक साधारणसभा हेटौँडाको होटेल सामना प्रालिमा सम्पन्न भएको छ। पुस २९ गते आइतबार भएको साधारणसभामा संस्थाका अध्यक्ष रामचन्द्र जोशीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

साधारणसभाले सेयरधनीहरूलाई आ.व. ०७९/८० को मुनाफाबाट १० प्रतिशत नगद लाभांश र पाँच प्रतिशत बोनस सेयर गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ।

त्यसैगरी संस्थाको चुक्ता पुँजी रु. दुई अर्ब ८३ करोड ५४ लाख दुई हजारबाट वृद्धि गरी दुई अर्ब ९७ करोड ७१ लाख ७२ हजार एक सय पुर्‍याउने निर्णयसमेत साधारणसभाले गरेको छ।

काठमाडौंंको मध्यबानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको यस वित्तीय संस्थाले हाल ६९ जिल्लामा एक सय ९७ वटा शाखामार्फत चार लाख १९ हजार आठ सय १९ जना महिला सदस्यलाई लघुवित्त कार्यक्रममार्फत सेवा दिइरहेको छ।