१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १४:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रहरी समायोजनका लागि कोशी सरकार तयारी गर्दै छ : मन्त्री राई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:२४:oo

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले कोशी सरकारले संघबाट समायोजन भएर आउने प्रहरीलाई व्यवस्थित गर्न आन्तरिक तयारी थालेको बताएका छन्।

केही दिनअघि आफ्ना माग लिएर भेट्न गएका मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहालले चाँडै प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि कोशी प्रदेशले पनि तयारी थालेको मन्त्री राईले जानकारी दिए।

शुक्रबार झापाको ट्राफिक प्रहरी कार्यालय दमकको निर्माणाधीन भवन अनुगमनपछि दमकमा पत्रकारहरूसँग कुराकानी गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले समिति बनाएर व्यवस्थित गर्न आन्तरिक तयारी गरिएको उनले बताए।

‘प्राविधिक कुरा भाषणबाट हुँदैन। त्यसका लागि प्राविधिक टिम बनाउनुपर्छ। हामीले यस्तो समिति बनाएका छौँ। जसले लोगोलगायतका काम गरिरहेको छ,’ उनले भने, ‘मैले पनि प्रदेश प्रहरीका उच्चपदस्थ तथा पूर्वप्रहरी अधिकृतहरूसँग के–के कुरा व्यवस्थित गर्नुपर्छ भनेर छलफल गरिरहेकाे छु।’

फरक प्रसंगमा बोल्दै मन्त्री राईले कोशी सरकारलाई चाँडै पूर्णता दिइने बताए। उनले कोशीमा बजेट सर्वसम्मत पारित भएको र सभामुख चयन पनि सर्वसम्मत भएको स्मरण गर्दै सरकारलाई सर्वसम्मत रूपमा पूर्णता दिइने बताए।

ad
ad