मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o पौष २६ बिहीबार
  • Thursday, 14 August, 2025
श्रवण थापा सर्लाही
२o८o पौष २६ बिहीबार १३:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्लाही जिल्ला अदालत परिसरमा सुरक्षा व्यवस्था कडा

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८o पौष २६ बिहीबार १३:१९:oo

नाबालिका बलात्कार, अनुयायी हत्या तथा बेपत्तालगायतका विभिन्न आपराधिक गतिविधि गरेको अभियोगमा पक्राउ परेका रामबहादुर (रामलाल) बम्जन काठमाडौंबाट सर्लाही ल्याइएका छन् । 

मंगलबार साँझ काठमाडौंको बुढानीलकण्ठ नगरपालिका– ६, स्थित निवासबाट पक्राउ परेका बम्जनलाई अहिले जिल्ला अदालत सर्लाहीमा बयान लिइँदै छ । 

अदालत परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । बम्जनका अनुयायीहरूको उपस्थिति र सम्भावित जोखिमलाई मूल्यांकन गरेर सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपेन्द्र पञ्जियार थारूले जानकारी दिए । 

जिल्ला अदालतमा अहिले बम्जनको बयान चलिरहेको छ । जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासमा बयान चलिरहेको हो । आजै दिउँसो थुनछेक बहस हुने जिल्ला अदालत सर्लाहीले जनाएको छ ।